हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले दिगो आयआर्जनमा टेवा पुर्याउने लक्ष्य सहित आदिवासी जनजाती महिलाहरुलाई बाख्रा वितरण गरेको छ । नगरभित्रका विभिन्न वडामा रहेका विपन्न समुदायका आदिवासी जनजाती महिलाहरुलाई प्रतिघर २ वटाका दरले १० परिवारलाई बाख्रा वितरण गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिकाका अनुसार हेटौंडा ८ का कमला गुरुङ, प्रमिला चौधरी, हेटौंडा ११ का माया थापा मगर,उर्मिला गुरुङ, हेटौंडा १३ का उजेली कुमाल, सुनिता मुक्तान, हेटौंडा १५ का कुमरी तामाङ, हेटौंडा १६का विष्णुमाया प्रजा चेपाङ, हेटौंडा १७ का निर्मला भुजेल र सरीता राई उन्नत जातको बाख्रा वितरण गरेको हो । उनीहरुलाई उपमहानगरका उपप्रमुख राजेश बानियाँले बाख्रा हस्तातरण गरेका थिए । २ लाख १५ हजार १ सय रुपियाँको लागतमा २० वटा बाख्रा खरीद गरी वितरण गरेको उपमहानगरले जानकारी दिएको छ ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद् मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङ, उपमहानगपालिका समाज कल्याण शाखाका अधिकृत भैरव बहादुर कुमाल लगायतको उपस्थितीमा बाख्रा वितरण गरिएको थियो ।