प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु

२०८१ बैशाख २४, सोमबार ०९:०९ बजे

हेटौंडा – घाँस काट्ने क्रममा रुखबाट लडेर धनगढीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–९ बस्ने ६० वर्षीया राजुदेवी बोहरा रहेकी छिन् ।

उनी आफ्नै घर नजिकै रहेको गुल्लरको रूखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो। रुखबाट लडेर गम्भिर घाइते भएकी उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याउँदा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।