प्रहर खबर
 २०८३ कार्तिक ११, मङ्गलवार    

पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

२०७९ बैशाख २९, बिहीबार ०७:०९ बजे

काठमाडौं – मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । जनकपुरधामस्थित सीताशरण होटेलबाट झोलासहित प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको कोठाबाट एउटा झोला समेत बरामद गरेको छ। जसमा पैसा रहेको जनाइएको छ। अध्यक्ष अन्सारी नेकपा एमाले समर्थित हुन्। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा २०७५ चैतमा अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका थिए। प्रहरीले यस घटनाबारे थप अनुसान्धान गर्ने बताएको छ ।

 नेपाल लाइभबाट