प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

चोरी गरी लैजाँदै गरेको मोटरसाइकल सहित श्रेष्ठ पक्राउ

२०७९ जेठ २७, शुक्रबार १५:४१ बजे

भक्तपुर – चाँगुनारायण नगरपालिका–२ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका–६ घर भई काठमाडौं न्यूरोड बस्ने २० वर्षीय भोज बहादुर श्रेष्ठलाई चोरी गरी ल्याएको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी आएका भोज बहादुरले बाग्मती प्रदेश ०२(०३३ प ६०९१ नम्बरको मोटरसाइकल लक तोडी चोरी गरी ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिने क्रममा उनले हातपात गरी घाइते भएका १ जना प्रहरी जवान कोरियन अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।