प्रहर खबर
 २०८३ भाद्र १६, मङ्गलवार    

ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु

२०७९ पौष १२, मंगलबार १४:०६ बजे

हेटौंडा – बझाङको छविस पाथिभेरा गाउँपालिका ३ मा ट्याक्टर दुर्घटना हुँदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक छविस पाथिभेरा गाउँपालिका ५ का २८ वर्षीय मंगल धामी र जीपमा सवार सोही ठाउँका २७ वर्षीय धन बहादुर ठगुन्ना रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । कुण्डाबाट झोलुङ्गे पुलको सामान लिएर थलारा गाउँ जाँदै गरेको से २ त २३ ४३ नम्बरको ट्याक्टर सोमबार बेलुकी साढे ७ बजे पल्टिएको थियो ।