हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिका–१ सुपारिटार ब्यारेक नजिकै मोटरसाइकल दुर्घटना भएको छ ।
भैसे–हेटौडा सडकखण्ड अन्तर्गत भैसेबाट हेटौंडातर्फ आउँदै गरेको ना.३७ प ४९१० नम्बरको मोटरसाइलक आफै अनियन्त्रित भएर सोमबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–४ बस्ने २० वर्षीय निशान शाही र हेटौंडा–४ सितलमहत चोक बस्ने १८ वर्षीय आदित्य शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
आदित्यको अवस्था सामान्य रहेको भने निशा अनुहारको बाया साईडमा गहिरो चोट लागेको कारण चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।