प्रहर खबर
 २०८३ भाद्र ११, बिहीवार    

हेटौंडामा एक पुरुष मृत भेटिए

२०८१ भाद्र २७, बिहीबार २०:०३ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा एक पुरुष मृत भेटिएका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार हेटौंडा उपमहानगरपालिका–३ जम्बो चौतारा बस्ने वर्ष अन्दाजी ३४ को सुशिल अधिकारी आफ्नै घरको कोठा भित्र छानाको बलोमा कपडा९खाँदा० को पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।