प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

विनाशकारी भूकम्पमा गोलरक्षक तुर्कासलानको निधन

२०७९ माघ २५, बुधबार ०२:२४ बजे

एजेन्सी – सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलरक्षक अहमेट एयुप तुर्कासलानको निधन भएको छ । उनको मृत्यु भएको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको हो ।

भूकम्पमा परी टर्की र सिरियामा ५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । त्यसमा गोलरक्षक अहमेट एयुप तुर्कासलान पनि परेको क्लबले जनाएको छ ।

‘हाम्रा गोलरक्षक अहमेट एयुप तुर्कासलानको भूकम्पमा परि निधन भएको छ । हार्दिक श्रद्धान्जली । सुन्दर तपाईलाई हामी बिर्सने छैनौं ।’ क्लबले आफ्नो आधिकारिक ट्वीट ह्यान्डलमा ट्वीट गरेको छ ।

२८ वर्षीय तुर्कासलानले सन् २०२१ मा आवद्ध भएपछि टर्कीको दोस्रो डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।अहमेट एयुप तुर्कासलानले टर्कीकै क्लबबाट व्यवसायिक खेल खेलिरहेका थिए । उनले राष्ट्रिय टोलीमा भने स्थान बनाउन सकेका छैनन् ।