हेटौंडा – गएराति एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका १३ दारेबोट चोकमा रा १ झ १९७ नम्बरको एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० नारायणपुरका ४५ वर्षीय पुर्ण पुन मगर रहेका छन् । एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका पुनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारको लागि भैरहवा पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
रोल्पाबाट घोराही आउँदै गरेको एम्बुलेन्सले विपरित दिशाबाट जाँदै गरेको मोटरसाइकललाई गएराति ९ बजे ठक्कर दिएको थियो । एम्बुलेन्स सहित चालकलाई दाङ प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।