मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति गर्नका लागि सरकारमा आउन नहुने बताएका छन्।
बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याबको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारमा राजनीतिक दलहरु नै आउने तर राजनीति गर्नका लागि आउन नहुने बताए।
सरकारमा आएपछि राजनीति नभइ शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, पर्यटन लगायतका आवश्यक प्राथमिकताका क्षेत्रहरू छुट्याएर त्यसमै केन्द्रित भइ काम गर्न जरुरी रहेको उनले बताए। खेल राजनीतिभन्दा बाहिर हुनुपर्ने पनि उनले बताए।