हेटौंडा – जिल्ला प्रशासन कार्यालय(जिप्रका) मकवानपुरले स–साना नदी तथा खोलाका आसपास बसोबास गर्ने स्थानीयहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबारदेखिको बर्षाको कारण मकवानपुरको राप्ती, कर्रा, सामरी लगायत खोलामा पानी बहाब बढेको छ । मकवानपुर आसपास भइ बग्ने स–साना नदिहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाब हुन सक्ने पूवानुमान रहेकोले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
आज सोमबार दिउँसो र राती देशभर सामान्य देखि पुर्ण बदली रहनेछ । बागमती प्रदेशको धेरै स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको कार्यालयले सार्वजनिक गरेको मौसमको बुलेटिनमा उल्लेख गरिएको छ ।
