प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

आफ्नै दुई छोराको कुटाईबाट एक वृद्धको मृत्यु

२०८० पौष ५, बिहीबार ०८:५७ बजे

हेटौंडा – आफ्नै दुई छोराको कुटाईबाट पाँचथरमा एक वृद्धको मृत्यु भएको छ । कुटपिटबाट कुम्मायक गाउँपालिका–१ गैरीगाउँ बस्ने ८३ वर्षीय चन्द्रमान तामाङको मृत्यु भएको हो । उनकै छोराहरू ४५ वर्षीय घनेन्द्र तामाङ र ४० वर्षीय देवेन्द्र तामाङको कुटाईबाट चन्द्रमानको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चन्द्रमान आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय यासोकबाट खटिएको प्रहरीले अनुसन्धान गरेको थियो । अनुसन्धानको गर्ने क्रममा घनेन्द्र र देवेन्द्रले घरायसी विषयमा झै–झगडा गरी कुटपिट गरेको भन्ने खुल्न आएपछि दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।