प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

रामेछाप बस दुर्घटना: मृतक सबैको सनाखत, घाइतेको उपचार हुँदै

२०७९ असार २२, बुधबार ०१:४९ बजे

हेटौंडा – रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा मंगलबार बिहान भएको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । मृतक सबैको सनाखत भएको छ ।

दुर्घटनामा रामेछापकै सुनापती गाउँपालिका ५ का ६० वर्षिय ठुला तामाङ, ३६ वर्षिया सन्जु आले, ३६ वर्षकै खड्क बहादुर बि.क., २२ वर्षिया विपना तामाङ, २४ वर्षिय बुद्ध तामाङ, ४५ वर्षिय राम बहादुर श्रेष्ठ, ४० वर्षिय नेमा तामाङ, सुनापती ४ की २६ वर्षिया समरिता तामाङ, काभ्रेपलाञ्चोकको मण्डनदेउपुरकी ६० वर्षिया शुभलक्ष्मी मानन्धर, काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका ४ का २७ वर्षिय कमल तामाङ, पाँचखाल नगरपालिका ८ का ४० वर्षिय कुल बहादुर बि.क., सिन्धुपालचोकको साँगाचोकगढी नगरपालिका ९ की ३६ वर्षिया धनमाया तामाङ र १८ वर्षिय सुदिप गजमेरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका १२ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेलाई थप उपचारको लागि काठमाण्डौतर्फ ल्याइएको छ । रामेछापको हिलेबाट काठमाण्डौतर्फ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको हो । बस चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।