हेटौँडा – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा यहि माघ २३ गतेबाट संचालन भएको ७५ कार्यदिन अवधिको “रेडियो अपरेटर ग्रेड थ्री तालिम (प्राविधीक प्रहरी जवान) पन्धौं समूह” को तालिम समापन भएको छ ।
आज आयोजित एक कार्यक्रमका बीच निमित्त बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक ध्रुबराज राउतको प्रमुख अतिथ्यतामा तालिम समापन भएको हो । कार्यक्रमका प्रमुख अतिथी निमित्त प्रदेश प्रहरी प्रमुख राउतले प्रशिक्षार्थीहरुलाई तालिमको प्रमाणपत्र वितरण गर्नुका साथै आवश्यक निर्देशन सम्बोधन समेत ब्यक्त गरेका थिए । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।