प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

ट्याक्टरले किचेर थापाको मृत्यु

२०७९ माघ २९, आईतबार ०७:३९ बजे

हेटौंडा – जाजरकोटको कुशे गाउँपालिका ५ मा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा चालकसँगैको सिटमा बसेका स्थानीय ६० बर्षीय खड्क थापा रहेका छन् ।

खलंगाबाट जाजरकोटको दम्दलातर्फ जाँदै गरेको भे २ त ३०९ नम्बरको ट्याक्टरमा चालकसँगैको सिटमा बसेका थापा ट्याक्टरबाट खसेका थिए । थापालाई ट्याक्टरको पछाडीको टायरले किचेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार थापा प्यारालाईसिसको बिरामी समेत हुन् । ट्याक्टर सहित चालकलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटले नियन्त्रणमा लिएको छ ।