प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

मोटरसाइकल पल्टिदा एक महिलाको मृत्यु

२०७९ आश्विन २४, सोमबार ०५:५२ बजे

हेटौंडा – बाराको महागढीमाई नगरपालिका ७ बरियारपुर चोकमा आइतबार बेलुका मोटरसाइकल पल्टिदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार स्थानीय ४४ वर्षीया रामदुलारी साह रहेकी छिन् ।

प्रहरीका अनुसार गम्भीर घाइते भएकी उनको उपचारका क्रममा न्युरो अस्पताल परवानीपुर नौतनमा मृत्यु भएको हो । मौलापुरबाट तेलकुवातर्फ आउँदै गरेको अल्फाबेट नखुलेको ८५ ०७ नम्बरको मोटरसाइकल हिजो बेलुका ८ बजे अनियन्त्रित भइ पल्टिएको हो । मोटरसाइकल चालकलाई प्रहरी चौकी तेलकुवा बाराले नियन्त्रणमा लिएको छ ।