प्रहर खबर
 २०८३ भाद्र १३, शनिवार    

मकवानपुरमा चट्याङ लागेर एकको मृत्यु

२०७९ जेठ २४, मंगलबार ०६:४७ बजे

हेटौंडा – मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मनहरी गाउँपालिका– ६ हिलादमारकी ३७ वर्षीया जमुनामाया मुक्तान रहेकी छिन् ।

सोमबार आफ्नै घरमा बसिरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागेर मुक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।