हेटौंडा – धाकधम्की दिएर रकम माग गर्ने गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका ३ बाट स्थानीय ३३ बर्षीय बिजय दाहाललाई प्रहरीले मंगलवार पक्राउ गरेको हो ।
दाहालले विराटनगरका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई धाकधम्की दिएर रकम समेत माग गर्ने गरेको आरोप छ । उनलाई बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका दाहालमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।