प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

घट्‍टभित्र एक जना मृत फेला

२०८० चैत्र १३, मंगलबार २१:०१ बजे

धनगढी – डोटीमा एक जना घट्‍ट भित्र मृत फेला परेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीया दुर्गा घर्ती मगर घट्ट भित्र मृत फेला परेकी हुन्।

प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्‍ट भित्र मृत फेला परेकी छन्। उनी सोमवार घरबाट घट्‍ट गएका थिए। घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको हो।