प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा आगलागी

२०७९ मंसिर ११, आईतबार ०६:५४ बजे

चितवन – जिल्लाको भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।

शुक्रबार राति जिल्ला कार्यालयमा आगलागी हुँदा भित्र रहेका फर्निचरका सामग्री जलेको छ। आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । कार्यालयको ढोका चाबी यथावत रहेको र भित्र केही सामान जलेको पाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।