प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

प्रधानमन्त्री ओली स्पेन जाने

२०८२ असार ३, मंगलबार ०६:१९ बजे

 हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले असार १४ देखि २० गतेसम्मका लागि तय गरिएको प्रधानमन्त्रीको भ्रमणलाई औपचारिक स्वीकृति दिएको हो।

प्रधानमन्त्री ओली स्पेनको बार्सिलोना शहरमा आयोजना हुने ‘संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रम’को चौथो सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

बैठकले सहसचिव डा. खगेन्द्र सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।