काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ ।
दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकसँग छलफल हुनेछ ।
दोस्रो सत्रमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसँग समसामयिक विषयमा छलफल हुनेछ ।
दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा नेपाल कानुन व्यवसायी परिषद्सँग छलफल गर्ने कार्यसूची छ ।
बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बाढीबाट भएको क्षति, उद्धार र पुनर्स्थापना सम्बन्धमा छलफल हुनेछ ।