काठमाडौं – शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा र दुई जना डाक्टरलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डाक्टरहरु महोत्तरी पिपरा-८ का रञ्जितकुमार यादव र कोहल्बी-८ का अमित चौधरी रहेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार तीनै जनलाई पक्राउ गरेको हो । यादव प्राइभेट क्लिनिकमा काम गर्थे भने अमित टिचिङ अस्पतालमा कार्यरत थिए।
यसअघि बिहीबार नै काठमाडौंको मण्डिखाटारबाट सिआइबीले शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको थियो।
सिआइबीले फक्सट्रट चार्सी अपरेशन सञ्चालन गरी तीन जनालाई पक्राउ गरेको हो। यो अभियान देशभर चलिरहेको प्रहरीले जनाएको छ ।