हेटौंडा – धनुषाको मिथिला नगरपालिका ९ ढल्लेवरमा गएराती भ्यानको ठक्करबाट सैनिक जवानको मृत्यु भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका १० घर भई हाल श्री कालीसिद्धी गण बर्दिवासमा कार्यरत सैनिक जवान अन्दाजी २६ वर्षीय नवल कुमार केवाको मृत्यु भएको हो ।
भ्यानको ठक्करबाट गम्भीर घाइते भएका केवाको उपचारको क्रममा लालगढ स्थित मोडेल अस्पतालमा राती पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ज १ च ९८३ नम्बरको पिक अप भ्यानले केवा सवार प्रदेश ३ ०२ ०१ प १४९४ नम्बरको मोटरसाइकललाई गएराती ११ बजे ठक्कर दिएको हो ।
भ्यान चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले नियन्त्रणमा लिएको छ ।