प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीको मृत्यु

२०७९ आश्विन ३०, आईतबार ०७:४७ बजे

काठमाडौं –  नवौं खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाडिङको पुरुष क्रस कन्ट्री इभेन्टमा सहभागी खेलाडीको निधन भएको छ ।मृत्यु हुनेमा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापा रहेका प्रहरीले जनाएको छ ।

प्याराग्लाईडिङको क्रस क्रसकन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका निसिम थापाको सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।

कास्की घर भएका थापाको १०० मिटर माथिबाट जमिनमा खसेपछि उनलाई मेट्रोसिटी अस्पताल पठाएको थियो । उनलाई अस्पतालका डाक्टरले मृत घोषित गरेका हुन् ।