हेटौंडा – मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका ६ कप्तानबारी चोकमा मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको फिदिम नगरपालिका ५ का अन्दाजी २५ वर्षीय कुमार खनालको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार बिहान ६ बजे विर्तामोड–शनिश्चरे सडकखण्ड अन्तर्गत कप्तानबारी चोकमा खनालले चलाएको बा ४२ प १२८ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ फिट तल खसेको अवस्थामा भेटिएको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय अनारमनी झापाले जनाएको छ ।