हेटौंडा – नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले प्रतिनिधीसभा र प्रदेश सभाको चुनावपछि नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दावी गरेका छन् ।
सोमबार हेटौंडा आयोजित कार्यक्रममा बाम–लोकतान्त्रिक गबठबन्धनको ठुलो दलको हैसियतले देउवा प्रधानमन्त्री बन्ने दावी गरेका हुन् ।
गठबन्धनका दलहरुमध्ये सबैभन्दा बढी कांग्रेसकै सबै भन्दा धेरै उम्मेदवार रहेकोले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए । चुनावपछि सबै भन्दा ठुलो दल कांग्रेसनै हुने महतको दावी छ ।
प्रधानमन्त्री हुने विषयमा अहिलेसम्म प्रचण्डले कुनैपनि औपचारिक दाबी नगरेको भन्दै उनले उहाँका केहि समर्थकले प्रचार गरेको मात्र आफुहरुले बुझेको बताए ।
संविधान, व्यवस्थाको रक्षा, जनताको अवस्था परिवर्तन, मुलुकमा स्थिरता र समृद्धि ल्याउन गठबन्धन निर्माण भएको बताए । उनले मकवानपुरमा लोकतान्त्रिक गठबन्धनका सबै उम्मेदवार सक्षम र सशक्त रहेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा मकवानपुर क्षेत्र नम्बर–१ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिना, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतकाको आतिथ्यता रहेको थियो ।