काठमाडौं - दशैँकाे टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर विद्यार्थी नेताको निधन भएको छ । बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर रूपन्देही अनेरास्ववियु रूपन्देही सहसचिव २० वर्षीया झरना चाैधरीकाे निधन भएको अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार उनी टीका लगाउन मामाघरमा जानेक्रममा दुर्घटनामा परेकि थिइन् । राम्रो क्षमता देखाएर कम उमेरमै एमालेको वडा कमिटीको जिम्मेवारीमा आएर चर्चामा आएकी उनको निधनले संगठनलाई अपूरणीय क्षति भएकाे विद्यार्थी नेताहरू बताउँछन् ।