प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

भरतपुरमा रेनु ३ हजार बढी मतले अगाडि

२०७९ जेठ ५, बिहीबार ०४:५० बजे

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै गएकी छन् । मतगणनाको पछिल्लो परिणामअनुसार रेनु ३ हजार ५७ मतले अगाडि छिन् ।

भरतपुरमा ३९ हजार ९६१ मतगणना हुँदा रेनुले १५ हजार १३४ मत पाउँदा एमालेका विजय सुवेदीले १२ हजार ७७ मत पाएका छन् ।स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ३१५ मत पाएका छन् ।

यस्तै उपमेयरमा चित्रसेन अधिकारीले १७ हजार ५३५ मतका साथ अग्रता बनाइरहेका छन् ।उनको निकटमत प्रतिद्वन्दी हिमला गुरुङ ९ हजार ७३२ मत प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिकाको ३९ हजार ९६१ गणना गर्दा
मेयरमा
रेनु दहाल (गठबन्धन) १५१३४
विजय सुवेदी (एमाले)१२०७७
जगन्नाथ पौडेल (स्वतन्त्र) ४३१५
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन) १७५३५
हिमला गुरुङ(राप्रपा) ९७३२
वडाध्यक्ष वडा नम्बर ९
कलम १२८६
सुर्य ९५०
वडाध्यक्षमा वडा नम्बर १०
रुख ३३०
सुर्य २३६