हेटौंडा – मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनको उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्षमा नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तानले नेकपा एमालेका विदुर हुँमागाईंलाई १ हजार ३४ मतान्तरले पराजित गरेका हुन् । उनले ६०३८ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी हुँमागाईंले ५ हजार ४ मत पाएका छन् ।
अध्यक्षमा राप्रपाका बिजय सिं ठकुरीले ७५, मंगोल नेशनल अर्गनाइजेसनका युवराज लामाले २४, स्वतन्त्र कृष्ण प्रसाद कडेलले ११ र नवराज तिमल्सिनाले १ मत ल्याए ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्दकी मानकुमारी पाख्रीन (नेपाली)ले नेकपा एमालेकी सन्तु थिङलाई ८९१ मतान्तरले पराजित गरेकी छन् । उनले ५ हजार ४३० मत ल्याउँदा थिङले ४ हजार ५३९ र राप्रपाकी हिरादेवि हुँमागाईले १९० मत लाएका छन् ।
२०७४ को निर्वाचनमा स्याङतान हुँमागाईंसंग १६१ मतले पराजित भएका थिए । उपाध्यक्षमा एमालेकी हर्कमाया रुम्बाले नेपाली कांग्रेसकै मन्दिरा केसीलाई १० मतले पराजित गरेकी थिइन् ।