प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

बागमती प्रदेश सरकारको बजेट आज आउँदै

२०८२ असार १, आईतबार ११:२८ बजे

हेटौंडा । बागमती प्रदेश सरकारको बजेट आज आउँदैछ ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आव ०८२/८३ का लागि बजेट ल्याउने भएका हुन् ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मन्त्री काफ्लेले बजेट बक्तव्य प्रस्तुत गर्नेछन् । गत आवमा चालू आवका लागि ६४ अर्ब ५५ करोड ४ लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको बागमती प्रदेश सरकारले आगामी आवका लागि आकार बढाएर बजेट ल्याउँदैछ ।