प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

भोली सार्वजनिक बिदा

२०८० बैशाख ९, शनिबार १५:०० बजे

काठमाडौं – प्रतिनिधि सभा सदस्य उपनिर्वाचन हुने तीन वटा निर्वाचन क्षेत्रमा भोली आइतबार सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो।

बारा जिल्ला क्षेत्र नम्बर २, चितवन जिल्ला क्षेत्र नम्बर २ र तनहुँ जिल्ला क्षेत्र नम्बर १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।