प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

त्रिशूली किनारमा भेटियो एउटा शव

२०८२ असार २६, बिहीबार १५:०० बजे

मकवानपुर । त्रिशूली किनारमा एउटा शव भेटिएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका अनुसार बिहीबार चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–६ कालिखोलास्थित त्रिशूली किनारमा एक पुरुषको शव फेला परेको छ ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अन्दाजी ४५र५० वर्षीय पुरुषको शव पेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल, अस्थायी सुरक्षा बेस भालढुंगाबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले आवश्यक मुचुल्का उठाई भरतपुर जिल्ला अस्पतालतर्फ पठाएको छ ।

फेला परेका शवको भने पहिचान हुन सकेको छैन । शव गत असार २४ गते रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुन सक्ने आशंका गरिएको छ ।