प्रहर खबर
 २०८३ कार्तिक ५, बुधवार    

छुट्टाछुटै स्थानमा सवारी दुर्घटनामा दुईको मृत्यु, चार घाइते

२०७९ श्रावण ११, बुधबार ०५:१३ बजे

हेटौंडा – गएराती छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

ललितपुरको एकान्तकुनामा गएराती सडकको छेउमा रोकी राखेको बा ३ ख ५७७ नम्बरको मिनि ट्रिपरमा, बाग्मती प्रदेश ०२–०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किँएर दुर्घटन हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक खोटाङ घर भई हाल ललितपुरको गोदावरी नगरपालिका १२ ठेचो बस्ने अन्दाजी २३ बर्षीय ठगिन्द्र राई र पछाडी सवार लललितपुरकै महालक्ष्मी नगरपालिका १४ रानीबु बस्ने अन्दाजी ३५ बर्षीय सुरज अधिकारी घाइते भएका थिए । दुवै घाइतेलाई उपचारको लागी जावलाखेल स्थित अल्का अस्पताल पठाइएकोमा उपचारकै क्रममा ठगिन्द्रको भने मृत्यु भएको हो । अर्का घाइतको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा ना ८ ख ८० ८७ नम्बरको ट्रकलाई उछिन्ने क्रममा गएराती बा ६७ प २८९२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडी सवार काभ्रेकै रोशी गाउँपालिका १ का १८ वर्षीय कृष्ट लामाको मृत्यु भएको छ । गम्भीर घाइते भएका लामाको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको छ । घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै तनँहु व्यास नगरपालिका १ तालघरेमा गएराती घाँसीकुवाबाट दमौलीतर्फ आउदै गरेका ग २० प ११२३ नम्बरको मोटरसाइकल दुर्घटना हुंदा चालक गोरखाको पालुङटार नगरपालिका ६ का अन्दाजी ३५ बर्षीय विशाल सुनार गम्भीर घाइते भएका छन् । घाइते भएका चालक सुनारको जिल्ला अस्पताल दमौलीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दैलेखको दुल्लु नगरपालिका २ दरबारेमा भे १ त ८९३५ नम्बरको ट्याक्टर दुर्घटना हुंदा चालक दैलेखको चामुण्डाबिन्दासैनी नगरपालिका ३ का अन्दाजी २६ बर्षीय अनिल शाही गम्भीर घाइते भएका छन् । घाइते भएका दैशाहीको स्थानिय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सुर्खेतबाट राकम कर्णालीतर्फ जादै गरेको ट्याक्टर अनियन्त्रीत भई मंगलबार बेलुकी करिब पौने ८ बजे सडकको भित्तामा ठोक्किँएको थियो ।