प्रहर खबर
 २०८३ भाद्र १५, सोमवार    

हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ

२०७९ श्रावण २४, मंगलबार १४:२९ बजे

काठमाडौं – काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट हुण्डीको कारोबारमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बबरमहल बस्ने भारत राजस्थान शिखर देवथला घर भएका ६४ वर्षीय राजु अग्रवाल, काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ घर भएका २० वर्षीय रामहरि दुलाल र काठमाडौं चावहिल बस्ने रौतहट चन्द्रपुर नगरपालिका–४ घर भएका २४ वर्षीय सुदिप आचार्य रहेका छन् ।

स्रोत नखुलेको नगद ७४ लाख रुपैयाँ र विभिन्न व्यक्तिको नाममा काटिएको २६ लाख ३२ हजार ८ सय ५० रुपैयाँ बराबरको विभिन्न वित्तिय संस्थाका ९ थान चेक सहित उनीहरुलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

उक्त क्षेत्रमा गैरकानुनी रुपमा हुण्डीको कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त नेपाली रुपैँया र चेक सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीको लागि राजश्व अनुसन्धान बिभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।