प्रहर खबर
 २०८३ भाद्र १४, आइतवार    

बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु

२०७९ जेठ ११, बुधबार ०३:४७ बजे

काठमाडौं – बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ।

झापाको शिवसताक्षीस्थित धरमपुरमा आज ९बुधबार० बिहान को १ ख ७१८७ नम्बरको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मृतक म्यादी प्रहरीको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको हो। दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।