प्रहर खबर
 २०८३ कार्तिक १०, सोमवार    

निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने

२०७९ भाद्र १२, आईतबार ०२:५१ बजे

काठमाडौं – आगामी निर्वाचनमा मतपत्र छाप्न प्रयोग हुने कागज खरिद निर्वाचन आयोगका लागि झन्झटिलो बन्दै गएको छ । मतपत्र छाप्ने कागज समयमै आपूर्ति अनिश्चित भएपछि निर्वाचन कार्यतालिकामै असर पर्न सक्ने सम्भावना बढेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कागजको आपूर्तिलाई लिएर आयोगमाथि दबाब रहेको बताउनुभयो । आयोगले मतपत्र छाप्न प्रयोग हुने कागज आपूर्तिका लागि भदौ १ गते बोलपत्र आह्वान गरेको थियो । तर न्यूनतम मूल्यसँग मेल खाने गरी कुनै आपूर्तिकर्ताले प्रस्ताव पेस नगर्दा आयोगले उक्त बोलपत्र रद्द गरेको छ ।

आयोगले ८५० मेट्रिक टन कागज खरिद गर्न लागेको हो । उहाँका अनुसार चार वटा आपूर्तिकर्ताले प्रस्ताव पेस गरेका थिए । तर चार वटैको प्रस्तावित मूल्य आयोगको न्यूनतम मूल्यभन्दा बढी थियो । 

अन्तर्राष्ट्रिय बजारमा कागजको मूल्य बढ्दा त्यसको असर मतपत्रका लागि आवश्यक कागज आपूर्तिमा समेत परेको हो । आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ दोस्रो सातासम्म कागजका लागि आपूर्तिकर्तासँग सम्झौता भइसक्नुपर्ने हो । तर आपूर्तिकर्ता नै सुनिश्चित भइसकेको छैन ।

पहिलो पटकको बोलपत्र रद्द हुँदा आयोगले भदौ १० गते तीन दिनभित्र प्रस्ताव पेस गर्न पुनः बो लपत्र आह्वान गरेको छ तर अवधि भने छो ट्याइएको छ । यसअघि सात दिनको समय दिइएको थियो । दोस्रो पटक आह्वान गरिए बमोजिम आपूर्तिकर्ताले आइतबार भित्र प्रस्ताव पेस गर्नुपर्नेछ ।गोरखापत्र दैनिकबाट