प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

मकवानपुरका कांग्रेस जनप्रतिनिधिलाई पारदर्शी ढंगले काम गर्न निर्देशन

२०७९ जेठ २४, मंगलबार १५:२३ बजे

हेटौंडा – नेपाली कांग्रेस मकवानपुरले आफ्ना जनप्रतिनिधिहरुलाई जनभावना अनुसार पारदर्शी ढंगले काम गर्नका लागि निर्देशन दिएको छ । आज पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले जनप्रतिनिधिहरूले जिल्लाको विकास, शान्ति सुव्यवस्था र जनताका असीम इच्छा आकांक्षा एवं चाहनाहरूलाई पुरा गर्न तथा लोकतान्त्रीक मूल्य मान्यता, कानून वमोजिम विधिको शासन, न्याय, स्वतन्त्रता, समानताको लागी परी दिन रात नभनी अनुशासित र मर्यादीत ढंगवाट काम गर्न निर्देशन दिए ।

नेपालको राजनितीक कठिन कालखण्डमा नेपाली जनताको मनोभावनाको कदर गर्दै राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनको प्रमुख हिस्सेदार रहेको बताउदै उनले नेपालको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको समेत बताए।

राणा शासन, पञ्चायती व्यवस्था, निरकुंस राजतन्त्र र शसस्त्र युद्धमा होमिएको माओवादी लाई लोकतान्त्रिक अभ्यास सँगै राजनीति स्थायित्वको जग बसाल्न र संविधान निर्माण देखि कार्यान्वयन को चरण सम्म आफ्नो नेतृत्व प्रदान गरी देशलाई निकास र आर्थिक विकास तर्फ उन्मुख गरेको देशको सबै भन्दा ठूलो लोकतान्त्रिक पार्टी काग्रेश रहेको उनले बताए । देश र जनताका भावनाको कदर गर्दै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको रक्षाका लागि सधै अग्रपंक्तिमा रहेको अवगत गराए।