हेटौंडा – महोत्तरीको महोत्तरी गाँउपालिका ५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका ६ का अन्दाजी ३२ वर्षीय अनिल कुमार मण्डल रहेका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका अनिलको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान सवा ३ बजे मृत्यु भएको हो । घाइते भएका मोटसाइकलमा सवार महोत्तरी गाँउपालिका ६ का ३० वर्षीय मुकेश मण्डललाई उपचारको लागी विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको हो । चालकको हुन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।