प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

भरतपुरमा रेनुले बढाउँदै मतान्तर

२०७९ जेठ ७, शनिबार १५:०० बजे

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम राखेकी छन्। ८१ हजार १०९ मत गणना गर्दा उनले ६६६६ मतको अग्रता लिएकी छन्।

रेनुले ३१ हजार ६७६ मत ल्याउँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मत प्राप्त गरेका छन्। भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन्।


उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले ३४ हजार ८६ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उम्मेदवार हिमला गुरूङले १९ हजार ४९५ मत प्राप्त गरेकी छन् ।