प्रहर खबर
 २०८३ जेष्ठ २३, शनिवार    

हेटौंडामा संकास्पद अवस्थामा मृत भेटिइन् एक वृद्धा, नाति पक्राउ

२०८१ भाद्र १०, सोमबार १८:३४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित पाथिभरा मन्दिर नजिकै सोमबार बिहान एक वृद्धाको शव फेला परेको छ । स्थानीय ७० वर्षीया ठूलीमाया विकको रहेको मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार ती वृद्धाको शव आफ्नै घरको सुत्नी कोठमा दुबै कानबाट रगत बगेको अवस्थामा भेटिएकी हुन् । घटना शंकास्पद भएकोले प्रहरीले ठूलीमायाकी नाती २८ वर्षीय प्रविण बिश्वकर्मालाई नियन्त्रणमा लिएको उनले बताए ।

घटनाको बारेमा अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।