प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

राप्रपा प्रवक्ता सगुनसुन्दरको जिम्मेवारी खोसियो

२०८२ असार २५, बुधबार १५:५९ बजे

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले २ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ ।

बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट पदमुक्त गरेका हुन्।

यस्तै, पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनीत गरेका प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।