प्रहर खबर
 २०८३ भाद्र १२, शुक्रवार    

मकवानपुरको बागमतीमा सवारीको ठक्करबाट एक जना गम्भीर घाइते

२०७९ पौष २८, बिहीबार १४:५५ बजे

हेटौंडा – धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–७ लामिटारमा मोटरसाइकलको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।

बिहीबार साँझ फापरबारीबाट झुरझुरेतर्फ आउँदै गरेको बा.प्र.०३–००३ प ७२०७ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ४७ वर्षीय सिन्ताङ साईला गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्करबाट साईलाको शरिरको बिभिन्न भागमा चोट लागेको छ । उनको हेटौंडास्थित चुरेहिल अस्पताल उपचार भइहरेको प्रहरीले जनाएको छ ।