हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० रानीमहल अगाडी ई–रिक्सा(मयुरी)मा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक हेटौंडा उपमहानगरपालिका–९ एचआइडी बस्ने १९ बर्षीय प्रशान्त कुमार ठाकुर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार साँझ ६ बजेर ४५ मिनेटको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्रा पुलबाट फरेष्टीतर्फ आउँदै गरेको ना १ ह ३१२७ नम्बरको ई–रिक्सा दाहिने तर्फ मोडने क्रममा सोही दिशातर्फबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ६२०५ नम्बरको स्कुटर ई–रिक्साको पछाडी ठक्कर खाएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी स्कुटर चालक ठाकुर घाईते भई उपचारका लागि नँया मेडिकल कलेजमा लगिएकोमा सोमबार दिउँसो २ बजे ३६ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।